काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनी एकान्तवासमा बसेर काम गरिरहेका छन् ।
मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए।
उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन् । कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ ।
उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्ने भएका छन् । उनले कोरोना भाइरस विरुद्धको चौथो पटकको खोप पनि लगाइसकेका छन्।
जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना भाइरस विरुद्धको खोप लगाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ ।


















