काठमाडौं । क्यानडामा चक्कु आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सास्कात्चेवान प्रान्तका १३ स्थानमा भएको शृङ्खलाबद्ध चक्कु आक्रमणमा मानवीय क्षति भएको हो। प्रहरीले फरार रहेका दुई आरोपित आक्रमणकारीको खोजी भइरहेको जनाएको छ।
 
३१ वर्षका डेमिएन सान्डर्सन र ३० वर्षका मिल्स सान्डर्सन हाल फरार रहेको प्रहरीको भनाइ छ। सर्वसाधारणलाई आरोपित आक्रमणकारीको सामु नआउन सुरक्षाकर्मीले सचेत गराएका छन्।