धरान । धरान–१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्षसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा–६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।

उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूलाई मङ्गलवार नै म्याद थप गरिएको अनुसन्धान कार्य अघि बढाइएको बताइएको छ ।