काठमाडौं । रोल्पामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।

रोल्पा गंगादेव ५, बथानका ५१ वर्षीय फौदबहादुर बुढाको ढुङ्ग्रीखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लोधचौरस्थित फूलबारी जाने खोलाले बगाएर खोलाको पुर्वीछेउमा रहेको मछाइनोको रुखमुनि अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।