काठमाडौं । सप्तरीमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। अर्का युवकलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा स्थानीय युवक २१ वर्षीय तिर्कनारायण मण्डलको शव फेला परेको हो। प्रहरीले हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जनाएको छ। 

तिर्कनारायणको शव घर नजिकै हिलोमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव नजिकै अर्का युवक अजय मण्डल घाइते अवस्थामा फेला परेका  छन्। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार बिहान शव फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरिएको बताइएको छ ।