विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ९आज० पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
मुख्यमन्त्री थापाले आज बिहान साढे १० बजे शपथ लिन लागेका हुन् ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

















