विराटचोकः आज विश्वभर विश्व मधुमेह दिवस मनाइएको छ । मधुमेह रोग लागेको थाहा पाउन केही लक्षण, रोगका कारक तत्त्व र रोकथामका उपायका बारेमा यहाँ उल्लेख गरिएको छ ।

मधुमेहका लक्षणहरूः बारम्बार पिसाब लाग्नु, धेरै तिर्खा लाग्नु, धेरै भोक लाग्नु, घाउ खटिरा ढिलो निको हुनु, तौल घट्नु, थकान, र दृष्टि धमिलो हुनु आदि मधुमेहका प्रमुख लक्षणहरू हुन् । रगत परीक्षण गर्दा चिनीको मात्रा सामान्य भन्दा बढी देखिन्छ ।

मधुमेहका जोखिम कारक तत्वहरूः परिवारमा मधुमेहको इतिहास, मोटोपन, शारीरिक निष्क्रियता, उच्च रक्तचाप, र असन्तुलित आहार यसका प्रमुख जोखिम कारक तत्वहरू हुन् ।

मधुमेह रोकथामका उपायहरूः नियमित शारीरिक गतिविधि, व्यायाम, सन्तुलित आहार, शारीरिक तौलमा नियन्त्रण र नियमित स्वास्थ्य परीक्षणले मधुमेहको जोखिम घटाउन सहयोग पुर्याउन सक्छ ।

मधुमेहका सम्भाव्य जटिलताहरूः समयमै मधुमेहलाई नियन्त्रणमा राख्न नसकेमा मुटु, स्नायु प्रणाली, मिर्गौला, आँखा, कान आदि जस्ता अंगहरुमा स्थायी क्षति पुर्याउनुका साथै ज्यानलाईसमेत जोखिम हुन सक्छ ।

व्यवस्थापन र सहयोगः मधुमेह निदान भएका व्यक्तिहरूका लागि रगतमा चिनीको स्तर नियन्त्रणमा राख्नु, स्वास्थ्य सेवा प्रदायकले दिएको सल्लाहको पालना गर्नु, र मधुमेहसँग सम्बन्धित सहयोगी समूहहरूमा आबद्ध भई विविध कार्यक्रमहरुमा सहभागी हुनु महत्त्वपूर्ण हुन्छ ।