इटहरी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् ।

त्रिवि मैदान कीर्तिपुरमा आज एनपिएल तेस्रो संस्करणको लिग चरणका अन्तिम दुई खेल हुन लागेको हो ।

दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । 

खेदमा पराजित भए पनि चितवन प्लेअफमा पुगिसकेको छ । शनिबार लुम्बिनीले विराटनगरलाई पराजित गरेसँगै चितवनको प्लेअफ स्थान सुरक्षित भएको हो ।

उसले प्लेअफमा काठमाडौं गोर्खाजसँग इलिमिनेटर खेल्नेसमेत तय भएको छ ।

चितवनले लिग चरणका खेलमा अहिलेसम्म ७ अंक जोडेको छ । आजको खेल जित्न सके उसको अंक ९ हुनेछ । 

कर्णाली याक्स भने लिग चरणमा ६ मध्ये ४ खेलमा पराजित हुँदै अंक तालिकामा छैटौँ स्थानमा छ । आजको खेलमा विजयी भए पनि पराजित भए पनि कर्णाली अघिल्लो चरणमा पुग्ने छैन । 


दोस्रो खेल साँझ ५ बजे हुँदैछ । लिगको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्ससँग खेल्दैछ ।


तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंको ८ अंक छ । आजको खेल हारे पनि काठमाडौं प्लेअफमा पुग्नेछ । 


पोखराले एक मात्रै खेल जितेको छ । ऊ २ अंकसहित तालिकाको पुछारमा छ । जसका कारण आजको खेल जिते पनि ऊ अघिल्लो चरणमा प्रवेश गर्ने छैन ।