काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालिकानगर शाखाका कल्पना खत्री, कालिकानगर शाखाका प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट ९नागरिक बैंक मुद्दा० रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उनका अनुसार पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाडौंबाट र अन्यलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।