इटहरी । इटहरी उपमहानगरपालिका ४ मा सीता लिम्बुको शव बेवारिसे अवस्थामा भेटिएको छ । सङ्खुवासभा जिल्ला मादी नगरपालिकाकी लिम्बुको शव बुधवार राती टेङ्ग्रा खोला नजिक फेला परेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार स्थायी घर सङ्खुवासभा रहेकी लिम्बू इटहरी ४ मा बसोबास गर्दै आएकी थिइन ।
परिवार सहित इटहरी बसेकी उनको शवको पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















