झापा । झापामा डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका–५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको हो ।

डेंगु सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । यससँगै बिर्तामोडमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जनाइएको छ ।

झापामा डेंगुका झापामा ६ जनाको मृत्यु भइसकेको छ ।