गोठगाँउ मोरङ/  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्य मोरङको क्षेत्र नम्बर ६ क बाट निर्वाचित भए पछि कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्रीमा एमाले गठबन्धनको सरकारबाट जिम्मेवारी पाएका थिए । उनी मन्त्री बने लगतै प्रचण्डले आफ्ना ज्वाइँलाई मन्त्री बनाएको भन्दै पाटी भित्र र बाहिर चरम आलोचना भएको थियो ।

त्यसको केही महिना पछि प्रदेशमा सत्ता समीकरण फेरबदल भयो । कोशी प्रदेशमा काङ्ग्रेससँग गठबन्धन गरेर नयाँ सरकार गठन भए पछि आचार्यले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समाले । त्यति बेला पनि पाटी भित्रैबाट उनको आलोचना भयो । उनले पाटीमा केन्द्रीय सदस्यको पद पाउँदा होस् वा मन्त्रालयको जिम्मेवारी पाउँदा होस् उनको आलोचना काम गरेन भन्दा पनि प्रचण्ड ज्वाइँलाई जिम्मेवारी दिइयो भनेर परिवारवादको कोणबाट आलोचना हुने गर्छ । 

यति बेला कोशी प्रदेशमा काँग्रेस गठबन्धनमा माओवादी केन्द्र पनि सामेल छ । यो पटक मन्त्रीको भूमिकामा आचार्य छैनन् । उनले यो पटक आफू मन्त्री नहुने पाटीका अन्य साथीलाई जिम्मेवारी दिनु पर्ने  कुरामा आफैले जोड दिए र मन्त्रालयको जिम्मेवारीमा पाटीका प्रदेश सचिव तथा माननीय गणेश उप्रेतीलाई अगाडी सारे । गणेशले हालै पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

काम गरेर प्रशंसा बटुल्दै आचार्य

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको ज्वाइँ उपनामले आलोचना गर्नु बाहेक उनले गरेका कामको भने कसैले विरोध गरेका छैन । केही गर्ने ढिट र युवा जोस बोकेका आचार्य फुर्सदको समयमा विभिन्न समुदायमा पुगेर समय व्यतीत गर्ने गर्छन् । महत्त्वपूर्ण योजनाहरूको अनुगमनमा पनि उतिकै सक्रिय देखिन्छन् । उनले गरेका मन्त्री स्तरका निर्णय र उनका पहलकदमीमा पर्न सफल भएका योजनाहरूको तारिफ जनस्तरबाट भइरहेको छ । जीवनले आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग गरेका वाचा पुरा गर्दै गएको आवाजहरू उनको निर्वाचन क्षेत्रबाट स्वतः  स्फूर्त आउन थालेको छ ।

तत्कालीन उनी पर्यटन, वन तथा वातावरण मन्त्री हुँदा कोशी प्रदेशका जुनसुकै विकट स्थानबाट पर्यटन सम्बन्धी योजनाहरू सम्झौता गर्न मन्त्रालय धाउनु पर्ने बाध्यता थियो । तत्कालीन मन्त्री आचार्यले त्यसको अन्त्य गरी सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजिकरण गर्नु पर्ने निर्णयले विकट जिल्लाका सरोकारवालाहरुलाइ राहत मिलेको थियो । उनको यो निर्णयले चर्चा पाएको थियो । सरुवा बढुवामा हुने अनियमितताको अन्त्य गर्न मापदण्ड निर्धारण गरेर मात्र कर्मचारीको सरुवा बढुवा हुने प्रावधान मिलाएर पनि उनी चर्चामा आएका थिए ।

आचार्यले सङ्घीयता माथि प्रश्न उठ्न थालेको भन्दै प्रदेशलाई आत्म निर्भर बनाउने योजना अन्तरगत पर्यटन प्रवर्द्धनमा प्रदेशले लगानी गरेबापत प्रदेश सरकारलाई पनि लगानी अनुसारको प्रतिफल प्राप्त हुने योजना अगाडी सारिरहेका थिए । उनले वनसँग सम्बन्धित समस्याहरूको हल गर्न वन नियमावली जारी गर्ने तरखरमा थिए । केन्द्रको सत्तासमिकरणको प्रभावले प्रदेशमा पनि असर पर्दै गयो । सत्ता गठबन्धनको तालमेल मिलाउन तत्कालीन एमाले नेतृत्वको सरकारबाट माओवादीले राजीनामा दिने निर्णय गर्‍यो । यसरी पर्यटन मन्त्रालयबाट राजीनामा दिए पछि उनले गर्न बाकी काम त्यसै रह्यो ।

कार्य सम्पादनमा उनले समालेका मन्त्रालय छोटै समयमा केहिहदसम्म सफल भयो । पर्यटन प्रवर्द्धनलाई खेलसँग जोड्दै ५ हजार वर्ष पुरानो इतिहास बोकेको विराट राजाको दरबार र बर्जू तालको प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता सम्पन्न गरेर पर्यटन प्रवर्द्धनमा महत्वपुण सन्देश प्रवाह गर्न सफल भएका थिए आचार्य ।

राष्ट्रसंघको संस्था एओ मार्फत कोशी प्रदेशको हिमाली र मध्य पहाडी जिल्लामा जैविक विविधताको संरक्षण गर्ने क्षेत्रमा काम गर्न ४२ लाख डलर भित्राउन पहल गरी सम्झौता अगाडी बढाए । विराटनगरको विमान स्थल सुधार, चक्रपथ निमार्ण र अस्पतालको स्तर उन्नति जस्ता महात्वपुर्ण क्षेत्रमा सङ्घीय सरकारसँगको पहलमा बजेट पार्न आचार्य सफल भएका छन् । 

यति बेला कोशी प्रदेशमा माओवादी सत्ता गठबन्धनमै छ । आचार्य मन्त्रीको जिम्मेवारीमा छैनन् । आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न होस् वा कोही बिरामी हुँदा अस्पतालमा गर्नु पर्ने सहजिकरणमा आचार्य उतिकै सक्रिय देखिन्छन् । उनको निर्वाचन क्षेत्रमा पर्ने सुन्दरहरैँचा ७ नम्बर वाडमा रहेको पञ्चायत माविमा स्कुल बस ल्याउन पहल गर्ने वाचा पुरा गरेर त्यहाँका जनताको मन जित्न सफल भएका छन् । उनको पहलमा परेका साना तथा ठुला योजनाहरूका लिस्ट फेसबुकमा राखेर र निर्माण कार्य हुँदै गरेको स्थानमा गएर जनस्तरबाट सामाजिक सञ्जालमा आचार्यलाई धन्यवाद दिनेको सङ्ख्या बढ्दै गएको देख्न सकिन्छ ।

यसरी जनस्तरबाट उनको कामको चर्चा हुँदा पनि आचार्य स्वयमले भने आफ्नो प्रचार गरेका छैनन् । उनी कुनै राष्ट्रिय मिडियामा देखिँदैनन् । काम गरेर पनि  आफ्नो कामको प्रचारमा त्यति सक्रिय नदेखिएका आचार्यको यो मौनताको विषयमा प्रश्न गर्दा आर्चायले भन्ने गरेका छन्, अझै धेरै काम गर्नै बाकि छ ।  जनतालाई दिएका सबै वाचा पुरा भइसकेको छैन । त्यो पुरा गर्न लागिपरेकाले प्रचार गर्ने उचित समय नभएको प्रतिक्रिया दिँदै आएका छन् । उनको यो शैली र कामले यति बेला जनस्तरबाट प्रशंसा बटुलिरहेको छ । प्रचण्ड ज्वाइँ उपनामबाट हुने आलोचना उनको कामबाट प्रशंसामा परिणत हुँदै गएको देखिन्छ ।

आचार्यको पहलमा उनको निर्वाचन क्षेत्रमा संघ तथा प्रदेशबाट परेका केही योजनाहरू निम्न रहेका छन् ।

1 bajet

2 bajet

3 b

4 b

5 b

6b

7b

8b