काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले उदयपुरगडी गाउँपालिकाका पाँच वटा वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। भाद्र १६ गते देखि सञ्चालन भएको जनतासँग माओवादी बिशेष रूपान्तरण अभियानको समापनको रूपमा शनिबार उदयपुरगडीका वडा नम्बर १,२,३,४ र ८ मा वडा सम्मेलन सम्पन्न गरिएको हो।

१ नं. वडाको वडा सम्मेलम हजारेस्थित जनजाति भवनको प्राङ्गणमा भएको थियो। उक्त समारोहलाइ उदयपुर जिल्ला संयोजक विनोद कुमार कटुवाल र पालिका कमिटी सहसचिवले सम्बोधन गरे। वडा नम्बर १ मा  गम्भीर बहादुर लुङेली मगरको अध्यक्षतामा १९ सदस्यिय कमिटी गठन भएको छ।

IMG-20231231-WA0007-1704006891

त्यसैगरी वडा नम्बर २ को सम्मेलन घट्टामा भएको थियो। सम्मेलनले बहादुर थापा मगरको अध्यक्षतामा कमिटी गरेको छ। वडा सम्मेलनलाइ केन्द्रिय सदस्य तथा अभियानका उदयपुरगढी गाउपालिका प्रमुख  मुकसामहाङ मेन्याङबो मुकेशू  र प्रदेश सदस्य देव गिरीले सम्बोधन गरे।

IMG-20231231-WA0000-1704006415

साईपा भञ्ज्याङमा सम्पन्न भएको वडा ३ को सम्मेलनलाइ पनि   केन्द्रिय सदस्य मुकेश र प्रदेश सदस्य गिरिले सम्बोधन गरे। वडा ३ मा सम्मेलनले सेरजङ्ग तामाङको नेतृत्व मा २९ सदस्यीय कार्यसमित चयन गरेको छ।

IMG-20231231-WA0003-1704006417

डुम्रेमा सम्पन्न भएको वडा ४ को सम्मेलनले डम्बर पुलामी मगरको अध्यक्षतामा २९ सदस्य वडा कमिटी चयन गरेको छ। सम्मेनललाइ केन्द्रीय सदस्य तथा  पूर्व मन्त्री अमनलाल मोदि र पालिका कमिटी उपाध्यक्ष गंगा राईले सम्बोधन गरेका छन।

IMG-20231231-WA0005-1704006854

त्यसैगरी भलायोडाडामा भएको वडा ८ को सम्मेलनले ढोर प्रसाद थापाको अध्यक्षतामा २९ सदस्य कमिटि गठन गरेको छ। उक्त सम्मेलनलाइ प्रदेश सचिवालय सदस्य तथा प्रदेश साम्सद नारायण बुर्जाले सम्बोधन गरेका छन।