सुनसरी -सुरेश कार्की भन्दा पनि सुपर सुरेश भनेर चिनिने कार्की पेशाले राष्ट्रसेवक कर्मचारी हुन ।पेशाले कर्मचारी भए पनि उनलाई प्रायः धेरैले  हामी कहिल्यै थाक्दैनौ भन्ने नारा स्थापित गराउन खोज्ने ब्यक्तित्व भनेर चिन्छन । पछिल्लो समयमा गित संगितमा  उनको राम्रै प्रेम देखिदै गएको छ । हालैमात्र उनले (रेश्मा) बोलको गित रेकर्ड गराएका छन्  उक्त गित कमेडियन तथा गायक प्रकाश ओझा सग मिलेर रेकर्ड  गराएका हुन् गितमा शब्द र संगित सुपर सुरेश आफैले दिएका छन् गित काठमाडौको स्टुडियो ७ मा रेकर्ड गरिएको हो ।उक्त गित म्युजिक भिडियो सहित आगामी भाद्र १ गते रिलिज हुने भएको छ ।

सुपर हुनेछ भेट :भदौको एक रेश्मा रिलिज डेट