काठमाडौं — नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफुखुसी कार्यालयमा अनुपस्थित रहेका ती कर्मचारीलाई लिखित स्पष्टीकरणसहित हाजिर हुन अल्टिमेटम दिएको हो। प्रहरी नियमावली, २०७१ को नियम ११५ को दफा २ अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरे पनि उनीहरू सम्पर्कमा नआएका कारण यस्तो निर्देशन दिइएको जनाएको छ।
प्रहरीका अनुसार कार्यालयले ती कर्मचारीलाई खोजतलास गरे पनि सफल नभएको र सम्पर्कमा नआएमा थप कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।