पथरी शनिश्चरे- माेरङ्गकाे पथरी शनिश्चरेमा `द व्युटी वल्र्ड पथरी शाखा´ काे `द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड झापाकाे ४० अाै शाखाको रूपमा बिस्तार भएको छ ।एक कार्यक्रमकाे बीच प्रमुख अतिथि पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट लगायतले संयुक्त रूपमा उद्घाटन गर्नु भएकाे हाे।
३० लाख भन्दा बढी लगानीमा खाेलिएकाे वल्र्ड व्युटी पार्लरमा १२ जनालाई प्रत्यक्ष राेजगारी दिइएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले जानकारी दिइन्।
`द व्युटी वल्र्ड मेकपअ पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापा केन्द्रीय कार्यलयले दमक,पथरी ,इटहरी, हेटौंडा,काेहलपुर ,नेपालगञ्ज र काठमाडौँ विभिन्न स्थानमा सेवा प्रदान गदै आएको छ।यस शाखाबाट लक्षित वर्ग १० जनालाई नि:शुल्क तालिम दिइने जनाइएको छ ।


















