कञ्चनपुर । कञ्चनपुरमा एक व्यक्तिले घाँटी रेटेर श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका तिलाचौरका ४९ वर्षीय नरेन्द्र सिंह विष्टले ३० वर्षीया श्रीमती ज्योतिको हसियाँले घाटी रेटर हत्या गरेका हुन् । सामान्य भनाभनमा आक्रोशित हुँदा विष्टले श्रीमतीको ज्यान लिएका हुन् ।

जेठी श्रीमतीको मृत्यु भएपछि २ वर्ष अघि नरेन्द्रले ज्योतीसँग विहे गरेका थिए । पछिल्लो समय नरेन्द्रले मदिरा सेवन गरी परिवारमा झगडा गर्ने गरेको छिमेकीको भनाई छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्ट नेपाल प्रहरीका पूर्व असई भएको खुलेको छ ।