झापा । झापामा एक ८३ वर्षीया बृद्धाको हत्या भएको छ । शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका–६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका–७ का२४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ ।
हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो । अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । यादवद्वयलाई झापा गाउँपालिका–७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए ।


















