इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका गेट अगाडि मंगलबार बिहान बम आतङ्क मच्चिएको छ। उपमहानगर प्रवेश गर्ने सडकको छेउमा कालो रंगको झोलामा शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गर्नु अघि नै विस्फोट भएको थियो। बम कसले र किन राखेको भन्ने विषयमा केही नखुले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

हाल बम विस्फोट भएको स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।