सर्लाही । नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको हो ।
हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।


















