लेटाङः मोरङको लेटाङमा बैशाख १४ गते चरनका लागि छोडिएका ३० वटा बाख्रा बेलुका खोरमा नफर्किएपछि खोजी गर्ने क्रममा १० वटा मृत अवस्थामा र २० वटा बिरामी अवस्थामा फेला परेका छन् ।

लेटाङ नगरपालिका–५ खेरुवास्थित आर्मी क्याम्पनजिकैबाट मोरङे खोला डिल क्षेत्रमा चरनमा पठाइएका बाख्रा आज बिहान फेला परेका हुुन् ।

स्थानीयवासी, प्रहरी तथा बाख्राधनीले विभिन्न क्षेत्रमा खोजी गर्ने क्रममा बाख्रा फेला परेका थिए । बिरामी अवस्थामा भेटिएका बाख्राहरूको उपचारको तयारी भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।