इटहरी । सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेको छ ।

हिजो संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्बन प्राधिकरण गठन गर्ने बताउनुभएको हो ।

सरकारले नेपाल कार्बन प्राधिकरण गठन गरी रेडप्रस कार्यक्रम विस्तार गर्ने भएको छ । जसले नेपालले वन क्षेत्रबाट हुने कार्बन व्यापारलाई व्यवस्थित गर्न एउटा विशेष सरकारी निकाय (प्राधिकरण) स्थापना गर्ने र वन विनाश रोकेर पैसा कमाउने कार्यक्रमलाई देशव्यापी बनाउने भएको हो ।

सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीतिगत सुधारमार्फत् भवन निर्माण तथा उद्योगमा स्वदेशी काठलाई प्रोत्साहन गरिने भएको छ ।