इटहरी । द भ्वाइस किड्स नेपाल सिजन ५ को प्रतियोगितामा मोरङको सुन्दरहरैंचा–७ ठडियाकी प्रतियोगी कविना राई सेमीफाइनलमा प्रवेश गरेकी छिन् ।

मोरङको सुन्दरहरैँचा–७ स्थित ज्ञानज्योति इङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत कविनाले आफ्नो उत्कृष्ट गायन प्रस्तुत गर्दै आएकी छिन् ।

पछिल्लो शृङ्खलाको ब्लाइन्ड अडिसनमा चारै जना प्रशिक्षकको कुर्सी घुमाउन (मन जित्न) उनी सफल भएकी थिइन् । उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनी अहिले सिजन ५ को सेमीफाइनलमा प्रवेश गरेकी हुन् ।

राईलाई विजयी बनाउन आवश्यक पर्ने भोट सङ्कलनका लागि उनको परिवार, उनी अध्ययनरत विद्यालय तथा सुन्दरहरैंचावासी लागेका छन् ।