इटहरी । आज नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा अडिएको छ । ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ४३ हजार ८१२ पटक किनबेच हुँदा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँको शेयर कारोबार भएको छ ।  


घलेम्दी हाइड्रोको सबैभन्दा धेरै २६ करोड ६ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने ५ कम्पनीमा ४ कम्पनी जलविद्युत समूहका छन् । 


८ समूहमा हरियाली छाउँदा ५ समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह छ । ०.७३ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.१९ प्रतिशत, विकास बैंक समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.१८ प्रतिशत, लगानी समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१७ प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले  बढेका छन् ।


आज सर्वाधिक घट्नेमा अन्य समूह रहेको छ । सो समूह ०.४४ प्रतिशतले घट्दा माइक्रोफाइनान्स समूह ०.०२१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३९ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह ०.०९ प्रतिशत र फाइनान्स समूह ०.०२ प्रतिशतले घटेको छ ।  


बढेको बजारमा आजै लाभांश घोषणाको जानकारी सार्वजनिक भएको कुथेली बुखरी स्मल हाइड्रोको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सो कम्पनीले १९ प्रतिशत लाभांश दिने भएको छ ।   


आज आरबीबी म्युचुअल फण्ड–२ को इकाइमूल्य सर्वाधिक अर्थात् ८.०७ प्रतिशतले घटेको छ । 


बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २८ अर्ब ७० करोड ६७ लाख ३४ हजार ३१ रुपैयाँ कायम भएको छ ।