काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज साढे २ बजेबाट मतदान शुरू हुने भएको छ ।
बिहान ७ बजे हुने भनिएको मतदान १० बजे हुने गरी सारिएको थियो । त्यसपछि १ बजेलाई सारिएको थियो । त्यसपछि २ बजेदेखि मतदान हुने भनिएकोमा पुनः साढे २ बजेलाई सारिएको हो । ज्येष्ठ मतदाताबाट मतदान शुरू गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

















