इटहरी । दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा हिजोदेखि टीभीएसको विशेष मेला शुरु भएको छ ।
पारस अटोमोबाइल्सले ‘अचम्मैको महाएक्सचेञ्ज’ नाम दिएर शुरु गरेको मेला असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । इटहरीको राजस्व ढाटमा हुने मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, एक्सचेन्ज र टेस्ट राइडका साथै विभिन्न छुट तथा उपहार योजना उपलब्ध हुने आयोजकले जनाएको छ ।
जगदम्बा मोटर्सको आधिकारिक डिलर पारस अटोमोबाइल्सका अनुसार दशैंको अवसर पारेर ग्राहकलाई एकै स्थानबाट सवारी छनोट र खरिदको सुविधा दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।
उनका अनुसार मेलामा टीभीएसका विभिन्न मोडल खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
विभिन्न योजनामार्फत् ‘गोल्डेन की’ जित्ने तथा १०० प्रतिशतसम्म क्यासब्याक पाउने अवसरसमेत रहने बताइएको छ ।
मेलाको अर्को आकर्षण पुरानो सवारीसाधनको एक्सचेन्ज योजना रहनेछ । ग्राहकले आफूले प्रयोग गर्दै आएको जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ सवारीसाधनसँग साट्न सक्नेछन् । पुराना सवारीको मूल्याङ्कनलाई प्राथमिकता दिँदै एक्सचेन्ज प्रक्रिया सहज बनाइएको बताइएको छ ।
नयाँ सवारी खरिदका लागि फाइनान्स सुविधा पनि मेलामै उपलब्ध हुने तथा नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको बताइएको छ ।
स्कुटर खरिद गर्ने ग्राहकका लागि भने अतिरिक्त सुविधा राखिएको छ । खरिदकर्ताले निःशुल्क एसेसोरिज पाउनुका साथै लक्की ड्रमा सहभागी हुन पाउनेछन् । दैनिक लक्की ड्रमार्फत् एक जना ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङको अवसर दिइने आयोजकले जनाएको छ ।
विद्युतीय स्कुटर खरिदमा पनि ग्राहकले छुट पाउनेछन् । मेलाको अवधिमा इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध तथा साप्ताहिक लक्की ड्रमार्फत् एक जना ग्राहकले २.५ ग्रामको सुनको सिक्का जित्न सक्ने व्यवस्था गरिएको छ ।
मेलामा टेस्ट राइडको सुविधा उपलब्ध हुनेछ । ग्राहकले विभिन्न मोडलका सवारी साधन चलाएर हेर्न र आफ्नो आवश्यकता तथा रुचिअनुसार सवारी छनोट गर्न सक्नेछन् । टेस्ट राइडमा सहभागीलाई उपहारको समेत व्यवस्था गरिएको बताइएको छ ।
















