इटहरीः कोशी प्रदेशमा पहिलो पटक सौन्दर्यकर्मी महिलालाई मात्रै सहभागी गराएर व्यावसायिक दक्षता, बौद्धिकता, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिँदै आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘द फेस अफ ब्युटिसियन २०२६’ को पहिलो संस्करण सम्पन्न भएको छ । प्रतियोगिताको मुख्य उपाधि वसन्ती गुरुङले जितेकी छिन् ।

उपाधिसँगै गुरुङले १ लाख रुपैयाँ बराबरको पुरस्कारसहित क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । अन्य प्रमुख उपाधि विजेताहरूले पनि क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास तथा विभिन्न उपहार प्राप्त गरेका थिए ।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित ग्रान्ड फिनालेमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका १९ जना सौन्दर्यकर्मी महिलाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सुनिता मिश्रा फस्र्ट रनरअप र लक्ष्मी मगर सेकेन्ड रनरअप भए । अस्मिता मगरले ‘भोटिङ स्टार’ र शिखा श्रेष्ठले ‘पब्लिक च्वाइस’को उपाधि जितिन् ।

जिना श्रेष्ठले ‘बेस्ट पर्सनालिटी’, विमु कार्कीले ‘मोस्ट कन्फिडेन्ट’, अस्मिता मगरले ‘मोस्ट इन्टेलेक्चुअल’, पुनम चौधरीले ‘मोस्ट डिसिप्लिन्ड’, लक्ष्मी मगरले ‘मोस्ट एक्टिभ’, निस्मा कँडेलले ‘मोस्ट पन्चुअल’, रियुना खत्रीले ‘मोस्ट डेडिकेटेड’ र सुस्मिता मगरले ‘बेस्ट मोडल’को उपाधि जितेका थिए ।

वसन्ती गुरुङले ‘मोस्ट फ्रेन्ड्ली’, रिंकु शाहले ‘क्विक लर्नर’, मेनुका मगरले ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट ट्यालेन्टेड’, सोनिया तामाङले ‘मोस्ट स्टाइलिस’, सुनिता मिश्राले ‘मोस्ट फोकस्ड’, सुस्मा चौधरीले ‘मोस्ट फ्ललेस’, गंगा खवासले ‘बेस्ट स्माइल’ तथा लक्ष्मी पण्डितले ‘मोस्ट इनर्जेटिक’को उपाधि प्राप्त गरेका थिए ।

बसन्ती गुरुङ र अस्मिता मगरले संयुक्त रूपमा ‘फेस अफ मिडिया’को उपाधि हासिल गरे । शिखा श्रेष्ठले ‘बेस्ट पर्फर्मर’, केशिका ढकालले ‘मोस्ट ग्रेसफुल’, अस्मिता चौधरीले ‘मोस्ट प्रोमिसिङ’ र ‘बेस्ट वाक’ तथा रियुना खत्रीले ‘बेस्ट फोटोजेनिक’को उपाधि जितिन् ।

ग्रान्ड फिनालेको प्रमुख अतिथिका रूपमा मिस नेपाल २०२० की विजेता तथा अभिनेत्री नम्रता श्रेष्ठ सहभागी भएकी थिइन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा ‘म्यान अफ द वल्र्ड २०२५’ का विजेता प्रकाश चौहान, ‘मिस नेपाल आइडल २०१८’ की विजेता मेरिना तुम्सा लिम्बू, ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ की विजेता सुमित्रा खवास तथा ‘मिस नेपाल’ का कोशी प्रदेश निर्देशक स्मित कार्की रहेका थिए ।

सौन्दर्यकर्मी महिलाको व्यावसायिक दक्षता, आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले सौन्दर्य क्षेत्रमा आबद्ध महिलाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिएको आयोजकले जनाएको छ ।

कुजू मोटर्स प्रालिको आयोजनामा सम्पन्न प्रतियोगिताको टाइटल स्पोन्सर सुजुकी रहेको थियो । कार्यक्रमको आयोजक प्रमुख अमित राजवंशी, सीईओ तथा इभेन्ट डाइरेक्टर उर्मिला दर्लामी मगर, अफिसियल कोरियोग्राफर उमेश खड्का, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, अफिसियल मेकअप आर्टिस्ट मन्नु श्रेष्ठ, ड्रेस डिजाइनर निधि बुटिक तथा अफिसियल फोटोग्राफी परिकला फोटोग्राफीले सम्हालेका थिए ।

प्रतियोगितालाई लुकमी कस्मेटिक, आरोमा बाई ओसियन, हे ब्युटी, हाम्रो बेकरी एकेडेमी, लक्ष्मी डान्स स्टुडियो र एचएससी लेजर हस्पिटलले प्रायोजन तथा सहयोग गरेका थिए । परिकला न्युज मिडिया पार्टनर, मुनलाइट मेकअप स्टुडियो मेकअप पार्टनर तथा बीज एण्ड बज एकेडेमी हेयर डिजाइनिङ पार्टनरका रूपमा रहेका थिए ।