इटहरी । सुनसरीको इटहरीमा ‘कवच कार रेण्ट सर्भिस’ सञ्चालनमा आएको छ । चाडपर्वका बेला घर जाने, परिवार तथा आफन्तसँग घुमफिर गर्ने, धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने र विभिन्न गन्तव्यमा सहज रूपमा यात्रा गर्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले कार भाडा सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

कवच कार रेण्ट सर्भिसमा २० वटाभन्दा बढी कार उपलब्ध रहेको कम्पनीका मार्केटिङ म्यानेजर उद्धव थापाले जानकारी दिएका छन् । उनका अनुसार ग्राहकको आवश्यकता, यात्रा गर्ने दूरी, यात्रुको सङ्ख्या तथा बजेटलाई ध्यानमा राखेर विभिन्न प्रकारका कार भाडामा उपलब्ध गराइनेछ । कम्पनीमा बिजुली, पेट्रोल तथा डिजेलबाट चल्ने कारहरू उपलब्ध छन् ।

कम्पनीले कारको प्रकार र सुविधाअनुसार दैनिक ४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ बढीमा कार भाडामा उपलब्ध गराउने जनाएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार चालकसहित वा आफैँ चलाउन मिल्ने गरी कार लिन सक्ने बताइएको छ ।

कवज कार रेण्ट सर्भिस कवज सेक्युरिटी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो । 

कम्पनीका निर्देशक रोशन बस्नेतले ग्राहकलाई सहज, भरपर्दो र सुविधाजनक सवारी भाडा सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।