इटहरी । मंगलबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४८ हजार ७८८ पटक किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपेयाँको शेयर किनबेच भएको छ ।  

सामुहिक लगानी कोष ०.१२ प्रतिशतले बढेबाहेक बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूह १.२१ प्रतिशतले घटेको छ ।  

बजार घटे पनि अप्पर लोहरे खोला हाइड्रोको शेयरभाउ ११.८४ प्रतिशत बढेको छ । सेन्ट्रल फाइनान्सको ६ प्रतिशत, एपोलो हाइड्रोको ५.६५ प्रतिशत, कुमारी इक्विटी फण्डको ५.६४ प्रतिशत, माउन्ट एभरेष्ट पावरको ५.५० प्रतिशत, एमबीएल इक्विटी फण्डको ४.८९ प्रतिशत, सानिगाड हाइड्रोको ३.८० प्रतिशत, टक्सार पिखुवा खोला हाइड्रोको ३.७९ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ३.७४ प्रतिशत र मोलुङ हाइड्रोपावरको ३.१६ प्रतिशत बढेको छ ।  

एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.३६ प्रतिशत घटेको छ । सिवाइसी नेपाल लघुवित्तको ४.८६ प्रतिशत, विजय लघुवित्तको ४.४९ प्रतिशत, बेनि  हाइड्रोको ४.१२ प्रतिशत, स्वष्तिक लघुवित्तको ३.६६ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६५ प्रतिशत, एनएमबि हाइडब्रिड फण्ड एल–२ को ३.१६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.१३ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको २.८९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको २.८८ प्रतिशत घटेको छ ।  ७ प्रतिशत नबिल डिबेञ्चरको सर्वाधिक २८ करोड ९१  लाख १ हजार ११२ रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार गर्ने अन्य कम्पनीमा घलेम्दी हाइड्रो, सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रो र शिवम् सिमेण्ट्स रहेका छन् । 

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ३७ अर्ब ६८ करोड १४ लाख १७ हजार २४८ रुपैयाँ कायम भएको छ ।