इटहरी । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेर पनि तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर सञ्चालनमा ल्याएको भन्दै भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएको छ ।

प्रतिकूल परिस्थितिमा पनि उत्कृष्ट व्यवसाय गरेको भन्दै कर दिवसका अवसरमा सरकारले भाटभटेनीलाई छुट्टै सम्मान प्रदान गरेको हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भाटभटेनीका अधिकांश स्टोरमा आगजनी तथा तोडफोड भएको थियो । त्यसपछि कम्पनीले तीव्र गतिमा पुनर्निर्माण गर्दै अधिकांश स्टोर पुनः सञ्चालनमा ल्याएको छ ।

यो घटना अघि तीनकुनेमा दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलन पनि भड्किएर कोटेश्वरको भाटभटेनीमा लुटपाट भएको थियो ।