इटहरी ।
 प्रधानाध्यापक संघ नेपालद्वारा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा कोशी प्रदेशका नगरपालिकामध्ये सुन्दरहरैंचालाई उत्कृष्ट नगरपालिका घोषित गर्दै सम्मान गरिएको छ ।

शिक्षा क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा मोरङको सुन्दरहरैंचा नगरपालिका सम्मानित भएको आयोजकले जनाएको छ ।

शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर सुधार तथा नगरपालिकाले गरेका विभिन्न शैक्षिक प्रयासको मूल्याङ्कनका आधारमा सुन्दरहरैंचालाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

जनकपुरमा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईं र शिक्षा शाखा प्रमुख तेजप्रसाद आचार्यलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।