इटहरी । आज नेपाल फोटो पत्रकार समूह सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रेस रजिस्ट्रार तथा कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका प्रमुख लीलाराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । 

समूहको अध्यक्षमा गुरु ढकाल, उपाध्यक्षमा खेमराज श्रेष्ठ (सुवास संकल्प), सचिवमा केशव सिग्देल (पवन) र कोषाध्यक्षमा दिनेश श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । 

कार्यसमिति सदस्यमा मिलन अधिकारी, सञ्जीव तिम्सिना र दोलराज तिम्सिना हुनुहुन्छ । साधारण सदस्यमा रामबहादुर तामाङ (इजन), जेसिस भट्टराई र दीपक भुजेल रहनुभएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले नेपाल फोटो पत्रकार समूह सुनसरीले अघि सारेका कार्यक्रम तथा योजनालाई प्रतिष्ठानले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।