इटहरी । साताको पहिलो कारोबार दिन आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.२६ अंक घटेर बन्द भएको छ ।

शुक्रबार ७.३८ अंक घटेर २६२१.२९ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमा ४.२६ अंक घटेर २६१७.०२ विन्दुमा अडिएको हो ।

प्रि ओपन सेसनमा ५३ स्टकको १०० पटकको कारोबारमा २८ लाख १८ हजार ८९२ रुपैयाँबराबरको ९ हजार ३७१ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ । बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।