इटहरी । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ ।
सुनको मूल्य आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ आज प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण भएको छ ।


















