बेलबारी । मोरङको बेलबारीमा दुई स्कुल बसबीच च्यापिएर सहचालकको मृत्यु भएको छ ।
आज बिहान करिब ९ बजे बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इङ्लिस स्कुलको गेटमा सोही विद्यालयको को १ ख ५२७९ नम्बरको बस र को १ ज १२६९ नम्बरको बसको बीचमा च्यापिएर सहचालकको मृत्यु भएको थियो ।
दुई बसबीच च्यापिएर घाइते भएका को १ ख ५२७९ नम्बरको बसका सहचालक बेलबारी नगरपालिका–४ का करिब ४५ वर्षीय देवी खतिवडालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















