काठमाडौं : एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको छ ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार जारी खेलमा पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको हो ।
अब नेपालले जितका लागि १६९ रनको लक्ष्य पछ्याउनेछ ।


















