इटहरी । आज शेयरबजार मापक नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज लगानी समूहबाहेकका सबै समूह राताम्य भएका छन् । लगानी समूह ०.७२ अंकले बढ्दा सर्वाधिक घट्ने समूहमा भने व्यापार समूह १.५२ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक समूह ०.४८ प्रतिशत, फाइनान्स समूह ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, हाइड्रो समूह ०.०९ प्रतिशत, जीवन बीमा समूह ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२४ प्रतिशत, जिर्नीवन बीमा समूह ०.४२ प्रतिशत र अन्य समूह ०.१३ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक कमाउने शीर्ष कम्पनीमा युनिक नेपाल लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ ४.८८ प्रतिशतले बढेको छ । लक्ष्मी उन्नति कोषको ४.२९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.९८ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को ३.८२ प्रतिशत, आइसीएफसी फाइनान्स डिबेञ्चरको ३.४५ प्रतिशत, एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशत, इमर्जिङ नेपालको ३.०२ प्रतिशत, साहज उर्जाको २.९९ प्रतिशत र मल्टिपर्पस फााइनान्सको २.८२ प्रतिशतले बढेको छ ।

आज एलएस होराइजन १२ रहेको छ । यो फण्डको इकाईमूल्इ ४.७६ प्रतिशत घटेको छ । सर्वोत्तम पेन्ट्सको ३.४८ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३.३३ प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ३.२५ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ३.१४ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ३.१० प्रतिशत र कुमारी इक्विटी फण्डको २.९४ प्रतिशत घटेको छ ।

आज पनि हिमालय ऊर्ज विकास कम्पनीको सबैभन्दा धेरै २४ करोड ५१ हजार ६८६ रुपैयाँको शेयर किनबेच भएको छ । पिपुल्स हाइड्रोपावर, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक र साहस ऊर्जा उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ३८ अर्ब ८० करोड ५८ लाख ६३ हजार ३८३ रुपैयाँ कायम भएको छ ।