इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १२० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कनबेच भइरहको छ ।