इटहरी । साताको अन्तिम कारोबार दिन आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक घटेको छ ।

प्रि ओपन सेसनमा नेप्से १४.०८ अंक घटेर २६२२.६७ विन्दुमा अडिएको हो ।

प्रि ओपन सेसनमा ५७ स्टकको ९२ पटकको कारोबारमा ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँको ६० हजार ३३ कित्ता शेयर किनबेच भएको छ ।

१२ स्टकको मूल्य बढेको छ भने ३८ स्टकको मूल्य घटेको छ । ७ स्टकको मूल्य स्थिर छ ।