गछियाः मोरङको सुन्दरहरैँचामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ स्थापना दिवसको अवसरमा विद्यावारिधी (पीएचडी) उपाधि प्राप्त गरेका शेयर सदस्य डा. उपेन्द्र घिमिरेलाई सम्मान गरेको छ ।
संस्थाका शेयर सदस्य नम्बर ७८१३ का सुन्दरहरैँचा नगरपालिका ५ निवासी घिमिरेलाई आज भएको कार्यक्रममा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई र संस्थाका अध्यक्ष नागेश पोख्रेलले घिमिरेलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट ऋणी, बचतकर्ता, मेधावी विद्यार्थी, उत्कृष्ट बालबचतकर्तालाई पनि सम्मान गरिएको थियो ।


















