पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का १४ वर्षीय कशिव कार्की बुद्धिचाल प्रतियोगिताको क्लासिकल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनुभएको छ ।
मोरङ जिल्लाबाट छनोट हुँदै सुनसरीमा सम्पन्न कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा उहाँले क्लासिकल विधातर्फ दोस्रो स्थान हासिल गर्नुभएको हो । उक्त उपलब्धिसँगै कार्की कोशी प्रदेशको प्रतिनिधित्व गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने भएको छ ।
कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचाल प्रतियोगिताका लागि उहाँ तयारीमा जुटिरहनुभएको छ ।


















