विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ विराटचोकमा सञ्चालित टेवा मार्टले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार प्रदान गरिएको छ ।
तिहारअघि सञ्चालनमा आएको सो मार्टले गत कात्तिक १९ गतेदेखि छठ पर्वसम्म सञ्चालन गरेको योजनाअन्तर्गत एक हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई प्रत्येक एक हजार रुपैयाँ बराबरको खरिदमा एउटा कुपन उपलब्ध गराएको थियो । सो कुपनका आधारमा चिठ्ठामार्फत् विजेता छनोट गरिएको हो ।
जसअन्तर्गत प्रथम पुरस्कार सामसुङ स्मार्टफोन कुपन नम्बर ३५४ का कृष्णा श्रेष्ठले हात पार्नुभएको छ ।
१० जनाले जनही २ हजार ५०० रुपैयाँ बराबरको खरिद कुपन प्राप्त गर्नुभएको छ ।
पाँच जनाले पानी पिउने स्मार्ट बोतल तथा केएफसी फर्निचरले उपलब्ध गराएको पाँच वटा उपहार बक्ससमेत विजेतालाई प्रदान गरिएको थियो ।


















