लहान । सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले मोटरसाइकल र लत्ताकपडासहित ७ लाख ६५ हजार २०१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सोही क्रममा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल, लत्ताकपडा तथा अन्य सामान बरामद गरिएको हो ।

यस क्रममा सिरहा नगरपालिका–१५ बुधौरा का १८ वर्षीय दुर्गेशकुमार यादव पक्राउ परेका छन् ।