इटहरी । आज दुई घण्टाको अवधिमा सबैभन्दा धेरै मूल्यको शेयर एनआईसी एशिया बैंकको बिक्री भएको छ ।

५० प्रतिशत हकप्रदका लागि हिजो बुक क्लोज भएकाले मूल्य तल आएसँगै लगानीकर्ताले सो बैंकको शेयर बढी किनेका हुन् ।

दुई घण्टाको अवधिमा १ अर्ब ७० करोड रुपैयाँको शेयर किनबेच हुँदा एनआईसी एशिया बैंकको १० करोड ३७ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

सबैभन्दा बढी मूल्य बढ्नेमा पनि सोही कम्पनी परेको छ । सो कम्पनीको शेयरमूल्य ६.६० प्रतिशत बढेको छ ।

बजार लगभग स्थिर रहेको छ । १ अंक हाराहारी घटेको बजार २६३५ अंक हाराहारीमा रहेर कारोबार भइरहेको छ ।