इटहरी । सञ्चार उद्यमी समीर कार्कीले ९ करोड रुपैयाँको लगानीमा इटहरीमा सेतो दरबार पार्टी प्यालेस सञ्चालनमा ल्याएका छन् ।
मंसिर ९ गतेको शुभसाइत पारेर कार्कीले बेहुला रञ्जित तामाङ र बेहुली सरु तामाङको हातबाट सेतो दरबार पार्टी प्यालेसको औपचारिक उद्घाटन गराएका हुन् ।
एरिना टेलिभिजनका सञ्चालकसमेत रहेका कार्कीले बेहुलाबेहुलीकै हातबाट उद्घाटन गराएर नयाँ क्षेत्रमा व्यावसायिक यात्रा शुरु गर्नुभएको हो ।
सेतो दरबार पार्टी प्यालेसलाई आधुनिक सेवा र सुविधासहित सञ्चालनमा ल्याइएको र आगामी दिनमा ग्राहकको माया, विश्वास र साथबाट सेतो दरबारलाई सफल बनाउने अपेक्षा गरिएको कार्कीले बताउनुभयो ।


















