All Posts By इटहरी खबर संवाददाता

    Showing १,००१-१,०१० of ३,०८७ items.
  • स्याङजामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा सवारीचालक पक्राउ

    स्याङ्जा । एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सवारीचालकलाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई जिल्ला अदालत कास्कीमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । घटना गत वैशाखको हो । गाउँमै जीप चलाउँदै आएका सूर्यले किशोरी डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २८३ पटक पढिएको
  • अरिङ्गालले टोकेर पाँचधरको फिदिममा एक युकको मृत्यु

    पाँचथर । अरिङ्गालले टोकेर पाँचधरको फिदिममा एक युकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर बिरामी भएका फिदिम नगरपालिका–६ सिवाका मानबहादुर तुम्रोकका २६ वर्षीय छोरा शुभराजको तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।   बुधबार साँझ जंगलमा रहेको अरिङ्गाल झार्ने क्रममा शुभराजलाई अरिङ्गालले टोक्दा घाइते भएका थिए । अरिङ्गालले टोकेर सिकिस्त भएका उनको बिहीवार घरमै मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट सिकिस्त शुभराजलाई गाउँकै एक मेडिकलमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला बिहीवार घरमै उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धा

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २०५ पटक पढिएको
  • पाेखरामा रित्तो थाल ठटाउदै सडकमा निस्किए सहकारीपीडित

    गण्डकी । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे।उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए । सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताए । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । उनका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुब

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २८१ पटक पढिएको
  • डा. भट्टराईको प्रश्न : फेरि प्रचण्डको सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने हो ?

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित भनेर प्रश्न गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेको भन्दै भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेका छन् ।’ उनले माओवादी अध्यक्ष प्रचण्डलाई फेरि संसदीय सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने भन्दै प्रश्न गरेका छन् ।डा. भट्टराईको स

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २३० पटक पढिएको
  • सत्तारुढ दलको वैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने जनाइएको छ ।नेपाली कांग्रेसलगायत दलहरूको समर्थनमा  गत असार ३० गते मुलुकको प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । उनीसँगै सत्तारुढ दलले पनि सरकारको १०० दिने कामबारे साझा धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । आजको बैठक पनि त्यसतर्फ केन्द्रित रहने देखिन्छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २२८ पटक पढिएको
  • डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् ।प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् ।प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।उनले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २३० पटक पढिएको
  • कञ्चनपुरमा दम्पतीको शव फेला, हत्याको आशंका

    कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ । लालझाडी गाउँपालिका– १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उनी ४३ वर्षीया पत्नी कमला वडायकको शव फेला परेको हो । आज (शुक्रबार) बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिए । घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • ३२० पटक पढिएको
  • रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो ।लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौंमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए । आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।पोखरामा रास्वपाले प्रदर्शन गरे पनि जनस्तरबाट समर्थन नदेखिएको टिप

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • १४८ पटक पढिएको
  • देशभर पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा चक्रवात 'दाना' को आंशिक असर

    काठमाडौं – देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात "दाना" को आंशिक असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल कोशी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बादल छाए पनि देशका अन्य भागहरूमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशका साथै पहाडी क्षेत्रका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ।यसैगरी, रातिको समयमा पनि कोशी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने जानकारी दिइएको छ।म

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • १६७ पटक पढिएको
  • बालविवाहको प्रयास: १६ वर्षीया किशोरीलाई जबरजस्ती चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा आठ जना पक्राउ

    सुनसरी – १६ वर्षीया किशोरीलाई जबरजस्ती चिनियाँ नागरिकसँग विवाह गराउने प्रयासमा संलग्न आठ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा किशोरीका बाबुसहित चिनियाँ नागरिक ली टेङ् र अन्य स्थानीय व्यक्तिहरू रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, धनकुटाको छथर जोरपाटी–२ की किशोरीलाई ३३ वर्षीय चिनियाँ नागरिक ली टेङ्सँग विवाह गराउन खोजिएको थियो। प्रहरीको टोलीले सुनसरीको चतराबाट ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।प्रहरीले दिएको जानकारी अनुसार, पक्राउ परेकाहरूमा किशोरीका बाबु, उदयपुरका दिपक दर्जी, बद्री विक्रम राई, सितल गुरुङ, रोशनीमाया तामाङ, र अन्य दुई चिनियाँ नागरिक डोङ शिहाओ र वु

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • २६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल