All Posts By इटहरी खबर संवाददाता

    Showing १,०५१-१,०६० of ३,०८६ items.
  • आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ

    काठमाडाैं । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए। गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन्। तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई व

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • २१९ पटक पढिएको
  • गाँजाकाे नशामा लठ्ठिएपछि : सिरहामा केटी भेट्न नदिएकाे भन्दै ५ जना मिलेर गरे आफ्नै साथीको हत्या

    सिरहा । सिरहामा पाँच जना लागुऔषध सेवनकर्ताले फिल्मी शैलीमा आफ्नै साथीको हत्या गरेको खुलेको छ ।गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । गत असोज २८ गते बिहान सिरहाको सुखिपुर नगरपालिका–१० स्थित गागनखोलाको डिलमा आधा शरीर गाडिएको अवस्थामा प्रहरीले एक जनाको शव बरामद गरेको थियो । उक्त शव सिरहाकै गोलबजार नगरपालिका १३ डंग्राहा टोल बस्ने श्रीदेव मोचीका २१ वर्षीय छोरा कृष्णकुमार महराको रहेको पहिचान भयो ।महराको हत्या गरी शव गाडिएको घटना भएको प्रष्ट भएपछि प्रहरीले अनुसन्धान अगाडि बढायो । शव भेटिएको अघिल्लो दिन अर्थात् असोज २७ ग

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • २२४ पटक पढिएको
  • एमालेको चिन्ता अरुले गर्नु पर्दैन, परीक्षण चुनावले गर्छ : महासचिव पोखरेल

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताएका छन् ।सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • २०८ पटक पढिएको
  • सुनको भाउले बनायो नयाँ ‘रेकर्ड’, तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुग्याे

    इटहरी । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ ‘रेकर्ड’ बनाएको छ । आइतबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बढेसँगै चाँदी पनि महंगिएको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको विज्ञहरू बताउँछन् ।  अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ४२७ पटक पढिएको
  • सहकारी ठगीमा ९५ प्रतिशत कांग्रेस–एमालेका नेता संलग्न छन्: केसी

    काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरूले सहकारी १४ अर्ब घोटाला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । आइतबार आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए । ‘करिब १४ अर्बको घोटाला रवि लामिछानेसम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरू तीन पार्टीहरूको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ । माओवादी गरिब पार

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ३४७ पटक पढिएको
  • गौशाला धर्मशाला विवाद : उच्च अदालतमा आज मुद्दाको सुनुवाइ हुँदै

    काठमाडाैं । पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा आज अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई बोलाएको हो ।असोज २ मा  न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । धर्मशालाबाट आफूहरूलाई जुनसुकै समयमा हटाउन सक्ने र उक्त धर्मशालामा

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • २२३ पटक पढिएको
  • हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खुल्यो

    बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ४३७ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिप: समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

    इटहरी । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेल आज (सोमबार) माल्दिभ्सविरुद्ध खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ। च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा आज मैदान उत्रँदैछ।समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ। माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन्। व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी  हुन्। उता माल्दिभ्स पनि बलियो टोली नेपाललाई

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • २२४ पटक पढिएको
  • साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आइन् साम्बा

    इटहरी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा साफ महिला च्याम्पियनसिपका लागि स्वदेश आइपुगेकी छिन्। साम्बा आइतबार मध्यराति नेपाल आइपुगेकी हुन्। व्यवसायिक लिगका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्टा गुएङ्ग्याम्पमा आवद्ध साम्बा राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किएकी हुन्।साम्बाको क्लबले नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा उनले क्लबका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। साम्बा सम्भवत: आज सोमबार हुने माल्दिभ्सविरुद्धको खेलमा मैदान उत्रनेछिन्। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। जुन साफ इ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • ३३९ पटक पढिएको
  • अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    इटहरी । अमेरिकाले तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार नेपालसामु जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले डलासमा पाँच विकेट गुमाएर १५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो ।सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए ।कप्तान मोनान्क पटेल दुई रन बनाएर सोमपालकै बलमा एलबीडब्लू भएका थिए । यस्तै एन्ड्रेस गुस पनि दुई रन मात्र बनाएर रिजन ढकालको बलमा आउ

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • १७३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल