All Posts By इटहरी खबर संवाददाता

    Showing १,२६१-१,२७० of ३,०८६ items.
  • त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै

    सुनसरी-  नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि सुरु हुने छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज आजदेखि खेल्न लागेका हुन् । यस सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् । 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ४११ पटक पढिएको
  • अबिरल वर्षाले कोशी प्रदेशमा जनजीवन प्रभावित, मृत्यु हुनेको संख्या ११ पुग्यो

    -भोजराज घिमिरे मोरङ -   कोशी प्रदेशमा अबिरल परेको वर्षाका कारण जनजीवन ठप्प बनेको छ। लगातारको भारी वर्षाले बाढी, पहिरो र सडक अवरोध जस्ता समस्याहरू निम्त्याएको छ। हालसम्म ११ जनाले ज्यान गुमाएका छन्। धेरै स्थानहरूमा घरहरू डुबानमा परेका छन् र मुख्य सडकहरू अवरुद्ध भएका छन्।प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। स्थानीय प्रशासनले उद्धार तथा राहत वितरणलाई तीव्रता दिएको छ। मौसम विभागले अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेको बताएको छ, जसले गर्दा थप सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २७८ पटक पढिएको
  • कोशी ब्यारेजमा पानीको बहाब ५ लाख ३१ हजार क्युसेक पैदलयात्री लाई समेत रोक

    इटहरी -  कोशी ब्यारेजमा पानीको बहाव ५ लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि पैदलयात्रीलाई समेत रोक लगाइएको छ ।शनिबार दिउँसो ३ बजे ५ लाख ३१ हजार क्युसेक बाढी मापन भएपछि सवारी साधन र सर्वसाधारणलाई पनि हिँड्न रोक लगाइएको हो । ब्यारेजमा पानीको बहाव बढ्दाे रहेको सुनसरी प्रहरीले जनाएको छ । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ । बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २८९ पटक पढिएको
  • काठमाडौँ उपत्यकामा बाढी–पहिरोको प्रकोपः ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

    भोजराज  घिमिरे - राजधानी काठमाडौँ उपत्यकामा बाढी र पहिरोको विनाशकारी प्रभावले ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौँमा ११, ललितपुरमा १६, र भक्तपुरमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। यससँगै, १२ जना अझै बेपत्ता रहेका छन्, जसमा काठमाडौँबाट १ र ललितपुरबाट ११ जना रहेका छन्।बाढी–पहिरोको कारण विभिन्न स्थानमा दर्जनौं मानिसहरू घाइते भएका छन्। काठमाडौँमा १० जना, ललितपुरमा ५ जना, र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन्। पीडितहरूको तत्काल उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना संयुक्त रूपमा सक्रिय छ

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ३५५ पटक पढिएको
  • विश्व फार्मेसी दिवसको अवसरमा विराटनगरमा रक्तदान तथा अन्तरक्रिया कार्यक्रम

    -भोजराज घिमिरे  बिराटनगर - विश्व फार्मेसी दिवसको अवसरमा विश्वव्यापी स्वास्थ्य आवश्यकता पुरा गर्दै फमासिस्ट भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस मनाएको छ ।   नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष  शम्भु शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारीको उपस्थितिमा  दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो भने विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालय को

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ४४४ पटक पढिएको
  • अविरल वर्षाका कारण सुनसरी सहित देशभरको जनजीवन प्रभावित

    इटहरी । सुनसरी , माेरङ , झापालगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन्।अविरल वर्षाका कारण इलाम,पाँचथर,ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् ।कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र सुनसरीको जनजीवन पनि निकै प्रभावित बनेको छ। पूर्वपश्चिम राजमार्गमा अविरल वर्षाका कारण यातायातका साधन खासै चल्न सक

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ३१७ पटक पढिएको
  • काठमाडौंभित्र चाडपर्वमा ३,७६५ प्रहरी परिचालन गरिने, ड्रोनबाट पनि निगरानी

    काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्व लक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताए ।उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्र

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २३४ पटक पढिएको
  • देशभर यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

    काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति,  र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ

    • प्रकाशित मितिः असोज ११, २०८१
    • २०० पटक पढिएको
  • रास्वपाले आइतवारका लागि बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो । आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात आइतबार नै २ः३० बजे हुने पार्टीका नेता मनिष झाले बताए ।बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने पनि उनले बताए । 

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ३७७ पटक पढिएको
  • न्यायपरिषदमा भित्र बैठक, बाहिर छाता ओढेर प्रदर्शन

    काठमाडौं । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्न अहिले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद् बैठक जारी छ ।  सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एशोसिएसनले झरीकै बीच पनि धर्ना र विरोध प्रदर्शन गरिरहेको छ ।बार अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको हो । न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो । असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् । अवकाशमा जाने बेलामा न

    • प्रकाशित मितिः असोज ११, २०८१
    • १६९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल