All Posts By इटहरी खबर संवाददाता

    Showing १,२९१-१,३०० of ३,०८६ items.
  • कर्जा जान नसकेपछि बैंकमा थुप्रिएको पैसा उठाउँदै राष्ट्र बैंक : बुधबार एकै दिन ३० अर्ब तान्दै

    इटहरी । बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको लगानी योग्य रकम अधिक भएपछि बुधबार पनि नेपाल राष्ट्र बैंकबाट ३० अर्ब रकम खिच्ने भएको छ।राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रकम निक्षेप संकलन गर्न लागेको हो। बैंकले आज दिउँसो ३ बजेसम्म निक्षेपमा पैसा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनबाट बोलकबोलमा समावेश हुनुपर्ने जनाएको छ। बोलकबोलमा सहभागी हुनलाई आवेदन दिने संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान गरेको रकमसम्मका आवेदन दिनुपर्नेछ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २८६ पटक पढिएको
  • श्रीमान्‌को अत्याचार सहन नसकेकी सरिता, छोराछोरी छाडेर माइतीघरमा त्यागिन् प्राण

    मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सामरीकी २३ वर्षीया सरिता घिमिरे चितवनको रत्ननगरस्थित आफ्नै माइतीघरमै मृत भेटिइन्। घरमा श्रीमान्‌को अत्याचार सहन नसकेर माइती गएकी घिमिरेले सोमबार (हिजो) माइती घरमै आफ्नो प्राण त्यागेकी हुन्।आइतबारको रातमा खाना खाएर सरिताको बुवा, आमा र भाउजु सुते। सरिता पनि आफू सुत्ने कोठामा सुत्न गइन्। भोलिपल्ट अर्थात् सोमबार (हिजो) घरका सबैजना उठे। तर, सरिता सुतेको कोठाको ढोका अबेरसम्म खुलेन। परिवारका सदस्यहरूले उनलाई बोलाए।सरिता नबोलेपछि घरका मान्छेहरूले छिमेकीको साहरामा ढोका फुटाए। सरिता सिलिङ पङ्खामा सलको पासो लगाएर भुण्डिएको अवस्थामा फेला परिन्।२०७३ सालमा सामर

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३७६ पटक पढिएको
  • पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दामा आज आउँला फैसला ?

    काठमाडौँ ।  माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दा फैसला सुनाउने  पेशी तोकिएको छ ।  संवैधानिक इजलासले आज (बुधबार) सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको मात्र मुद्दा रहेको छ ।प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्षताको इजलासमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत,सपना मल्ल,प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी छन् । बारम्बर सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुनः सुनवाइमा जाने सम्भावना छ । यो मुद्दामा बहस सकिएर नियमित स

    • प्रकाशित मितिः असोज ९, २०८१
    • १७६ पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

    इटहरी । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार को तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३०३ पटक पढिएको
  • ६०० वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजार बढी पर्यटक

    म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ हो ।समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २९१ पटक पढिएको
  • झापामा चट्याङ लागेर ३६ वर्षका युवकको मृत्यु

    झापा । झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । दमक गरपालिका– ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मोतेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए । नेपालीकै घरमा गएको बेला गए राति १० बजे उनलाई चट्याङ लागेको थियो । दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २२२ पटक पढिएको
  • अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

    गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा  अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ ।‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ’, आयोजना प्रमुख डा. रवीन कडरियाले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।’ स्थानीय होटल व

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २५० पटक पढिएको
  • श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद भङ्ग, नोभेम्बर १४ मा निर्वाचन घोषणा

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ ।राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भएमा तत्काल संसद विघटन गर्ने कुरा स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसानायकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि उनले लोकतन्त्रको रक्षा र नेताहर

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २९२ पटक पढिएको
  • प्रचण्ड र रविन्द्र मिश्रको भेटमा बाबुरामको टिप्पणी : ‘बिरालो म्यॉउ’ गर्‍यो !

    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रविन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै ‘बिरालो म्यॉउ’ गरेको संज्ञा दिएका छन् । भट्टराईले प्रचण्ड र मिश्रको भेटबारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू नखोसिने बताएका छन् ।बाबुरामले भनेका छन्– वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति  सापटी लिएर भन्नुपर्दा–बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरङ्ग कुराकानीक

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २२८ पटक पढिएको
  • धुलिखेल अस्पतालमा इन्टर्नसिपका लागि आएका दुई विदेशी युवती लुटिए

    काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका  उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो । विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान ज

    • प्रकाशित मितिः असोज ९, २०८१
    • १४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल