काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ४१ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। मानवस्रोत विकास विभागको असोज ७ गतेको निर्णयअनुसार गरिएको यो सरुवाले विभिन्न जिल्लामा कार्यरत प्रहरी अधिकारीहरूको कार्यक्षेत्र परिवर्तन गरेको हो।प्रहरी प्रधान कार्यालयको अनुसार, सरुवामा परेका प्रहरी उपरीक्षकहरूलाई संगठनात्मक आवश्यकताका आधारमा विभिन्न स्थानहरूमा खटाइएको छ। नेपाल प्रहरीको नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत हुने सरुवाले प्रहरीको कार्यक्षमता र प्रभावकारितामा वृद्धि गर्ने उद्देश्य राखिएको छ।सरुवामा परेका प्रहरी उपरीक्षकहरूले नयाँ कार्यक्षेत्रमा सुरक्षा, शान्ति व्यवस्था, र अपराध नियन्त्
-भोजराज घिमिरे साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ। रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका थिए।प्रसाईंले संग्रौलाबिरुद्ध ‘फेक सूचना’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए, जसको कारण संग्रौलाले साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।प्रसाईंका छोरा निराजन प्रसाईंले यसविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्
-भोजराज घिमिरेझापा, दमक – झापाको दमकमा सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। इलामको माई नगरपालिका–५ का २६ वर्षीय कमल बुर्जामगरको घटनामा ज्यान गएको हो।बुर्जामगर दमक नगरपालिका–८ स्थित डेरामा बस्दै आएका थिए। घटना मंगलबार बिहान ९ः३० बजे भएको बताइएको छ। सीटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट हुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।घटनापछि उनलाई तुरुन्तै दमक अस्पताल लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारको लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याइएलगत्तै, बिहान ११ः२३ बजे चिकित्सकहरूले बुर्जामगरलाई मृत घोषित गरेका थिए।प्रहरी
संखुवासभा । संखुवासभामा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन्। कोसी राजमार्गमा पर्ने संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा सोमबार दुईवटा भ्यान आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको को १ ज २३०३ नम्बरको भ्यान र तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५७८२ नम्बरको भ्यान आपसमा ठोक्किएका हुन्। घाइते सबैको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनामा को १ ज २३०३ नम्बरको मारुती चालक भ्यान भोजपुरको षडानन्द नगरपालिका –८ का २९ वर्षीय रितेश श्रेष्ठ,
इटहरी । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्यले असोजको पहिलो साता पनि दिनहुँजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ।आइतबार र सोमबार सुन लगातार उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार भन्दा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ छ। हिजो सुनको मूल्य १ लाख ५९ हजार दुई सय थियो।महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (असोज ७) तापक्रम ३ महिनायताकै उच्च भएको छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज (सेप्टेम्बर २३) उपत्यकाको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियसमा उक्लिएको हो। महाशाखाको तथ्यांक विश्लेषण गर्दा उपत्यकाको यो तापक्रम ३ महिनायताकै उच्च भएको पाइएको हो।सअघि जुलाई १४ का दिन काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस थियो। त्यसयता आज नै उपत्यकाको अधिकतम तापक्रम सबैभन्दा उच्च भएको हो।यही महिना अर्थात् सेप्टेम्बर १५ र १९ तारिखमा उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्रीसम्म उक्लिएको छ तर आज त्यसभन्दा पनि माथि पुगेको हो। मौसम महाशाखााका मौसमवि
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।परीक्षा नियन्त्रक कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ । नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना
एजेन्सी । इजरायली हवाई हमलाका कारण लेबनानमा कम्तीमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा एक हजार बढी घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । इजरायलले लगभग २० वर्षमा द्वन्द्वको सबैभन्दा घातक आक्रमण गरेको बीबीसीले जनाएको छ । हजारौं परिवारहरू आफ्नो घर छोडेर भागेका छन् । स्वास्थ्य मन्त्री फिरास अबियादले हड्तालका कारण हजारौं परिवार विस्थापित भएको बताए ।विश्व शक्ति राष्ट्रहरूले संयमता अपनाउन आग्रह गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बढ्द
इटहरी । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन / चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत आज (मंगलबार) ओमानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।नेपालले यसअघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार व्यहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार व्यहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित प